काठमाडौँ । इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्योहेरेको छ ।
पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १-० ले पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्योहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १-० को हार बेहोरेको थियो ।
स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली नेपोलीलाई ६७ औ मिनेटमा लाजियोका मेटिएस भेसिनोले गरेको गोल नै निर्णायक बन्यो । यो गोलको जवाफ फर्काउन नसक्दा नेपोली हारमा चित्त बुझाउन बाध्य भयो ।
२५ खेलमा २१ जित र २ बराबरी र २ हारको नतिजासँगै शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अङ्क छ भने लाजियोको ४८ अङ्कसहित दोस्रो स्थानमा छ ।







