२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पाँच लाख छात्रवृत्ति वितरण

अ+ अ-

डुम्रे । गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पाँच लाख छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिए । ‘शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौँ’, उनले भने ।

सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाको सर्वोत्कृष्ट हुने छात्रातर्फ खैरेनी माध्यमिक विद्यालयका सुलोचना सुवेदी र छात्रतर्फ सत्यवती माविका सिद्धार्थ पण्डितलाई पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

अध्यक्ष अधिकारीले कोषले ज्येष्ठ नागरिक सम्मानबाट ८८ वर्षीया यमकुमारी घिमिरे र ७८ वर्षीय कर्णराम शाहीलाई सम्मान गरिएको बताए । भानु घाँसी सम्मान विधाबाट गायिका आशा बिसीलाई सम्मान गरिएको कोषका सदस्य सचिव रामजी अधिकारीले जानकारी दिए ।

गत वर्ष पनि सो संस्थाले जिल्लाभरका विपन्न तथा जेहेन्दार विद्यार्थी र विभिन्न विधामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको व्यक्तिलाई सम्मान गर्दै आएको थियो । गत वर्ष छ लाख बराबरको सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए । जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्य, गाउँ सेवा कोष तनहुँका अध्यक्ष सोमबहादुर थापा, डा ध्रुव अधिकारी, तुलसी शरण सिग्देल, रुद्रबहादुर थापा, परशुराम गिरी लगायतले कोषले विविध विधासहित सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको चर्चा गरेका थिए ।

सोही अवसरमा कोषले कलेस्ती उपत्यका संरक्षण अभियानका संयोजक बाबुराम खनाललाई सम्मान गर्नुका साथै २९ बटुकको सामूहिक व्रतबन्धका लागि सहयोग समेत गरेको जनाइएको छ । कोषले हालसम्म करिब तीन सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेको छ ।