काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य ३०० सय रुपैयाँले घटेर तोलामा १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३०० सयले घटेर प्रतितोला रु १ लाख दुई हजारमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य रु १० ले घटेर रु १ हजार दुई सय ६५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।







