धनगढी । सुदूर पश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ ।
शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमोसो दलेका हुन् ।
कालोमोसो दलको आरोपमा नेविसंघमा आबद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रमुख गौतमले कक्षा कोठामा पढाइरहेको बेला बाहिर बोलाएर कालोमोसो दलेको हो । तर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







