२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

अ+ अ-

रसुवा । रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ ।

पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर (खम्बा) वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्र रूपले अगाडि बढेको हो ।

चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण सुरु गरिएको सुख्खा बन्दरगाहको निर्माण कार्य तिब्बत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ । चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधीन सुख्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोसी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा संलग्न प्राविधिकहरूले बताएका छन् ।

पचास हजार नौ सय वर्ग मिटर क्षेत्रफल ओगटेको सो सुख्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्बत फुल्ली कन्ट्रक्सनका मेनेजर ईउ हाइयाङले जानकारी दिए । तीन सय १३ ठुला कन्टेनर र साना २३ वटा जिपकार भ्यान राख्ने क्षमताको उक्त सुख्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण निर्माणमा ढिलाइ भएको टिमुरेको सुख्खा बन्दरगाहको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाइने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् ।

छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माण स्थलको उत्तरतर्फका दुई वटा विद्युत् खम्बा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएका कारण काममा बाधा परिरहेको जनाइएको छ ।