काठमाडौँ । महालेखा परीक्षक कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेशी ऋण बढाएको को ठहर छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यस्तो ठहर गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले कुनै पनि उत्पादन वृद्धिमा काम नगरेको दाबीसमेत गरेको हो ।
कार्यक्रमको दीगोपना र अपनत्वका लागि स्थानीय तहसँग लागत साझेदारी गरी कार्यक्रम सञ्चालन नहुँदा यस्तो अवस्था सृजना भएको प्रतिवेदनमा उल्लेख छ ।







