२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० वर्षमा नै फेरियो बागलुङको कुश्मिसेरा बजार

अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिसेरा बजारमा स-साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एकरदुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठुला-ठुला भवन ठडिएका छन् । कतिपय ठाउँमा धमाधम भवन निर्माण भइरहेका छन् ।

पहिलेको गाउँ कुश्मिसेरा अहिले बजारमा रूपान्तरण भएको छ । सडक सञ्जालको विस्तारसँगै यहाँ ठूलो परिवर्तन आएको छ । कुश्मिसेरा दक्षिण बागलुङको ठूलो व्यापारिक केन्द्र हो । एक दशक अगाडिसम्म कुश्मिसेरा बजारका व्यापारीलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । जब गाउँ–गाउँमा मोटर बाटो पुग्न थाले, तब कुश्मिसेरा बजारमा व्यापार घट्दै गयो ।

जैमिनी नगरपालिकाको केन्द्रसमेत रहेको कुश्मिसेरा विसं २०६२ मै सडक सञ्जालले जोडिएको थियो । सडक सञ्जालले जोडिएको लामो समयपछि यातायातका साधन सञ्चालन भएको थियो । त्यसभन्दा पहिले पर्वतको कुश्मा बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य सामान बोकेरै उपभोग गर्दै आएका थिए । सडकले जोडिएको १८ वर्षपछि कुश्मिसेरामा परिवर्तन आएको हो ।

पहिले साँघुरा रहेका सडक फराकिला बन्दै छन् भने बजार क्षेत्रमा ढल व्यवस्थापनलगायत काम पनि भइरहेका छन् । बजार क्षेत्रका खाली जग्गामा पनि अहिले भवन निर्माण भइरहेका छन् । तीव्र रूपमा बजारीकरण हुन थालेपछि गाउँबाट पनि यहाँ बसाइँ सर्ने क्रम बढेको छ ।

नगरपालिका स्थापना भएपछि धेरै सेवा सुविधा पनि थपिँदै गएका छन् । गाउँ–गाउँमा पुग्ने सडकको मुख्य केन्द्र कुश्मिसेरा पर्ने हुँदा समय–समयमा निकै चहलपहलसमेत हुने गर्दछ । पछिल्लो १० वर्षमा कुश्मिसेरा धेरै बदलिएको स्थानीय क्याप्टेन पदमबहादुर श्रीसले बताए । उनले पहिले यहाँ स–साना दोकान मात्रै रहेकामा अहिले ठुला–ठुला पसल र होटेलसमेत खुलेको बताए ।

पहिले कुश्मिेराको माथिल्लो क्षेत्रमा मात्रै सानो बजार रहेकामा अहिले तल्लो क्षेत्रमा पनि बजार विस्तार भइरहेको छ । डेढ दशक अगाडिसम्म सदरमुकाम आउन जान निकै समस्या हुने गरेकामा अहिले साढे एक घण्टामै बागलुङ पुग्न सकिन्छ। केही वर्षयता यस क्षेत्रमा तीव्र रूपमा विकासले गति लिइरहेको र सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि परिवर्तन हुँदै गएको क्याप्टेन श्रीसले बताए ।

स्थानीयवासी देवेन्द्र चालिसेले बजार तीव्र रूपमा विस्तार भए पनि व्यापार खस्किँदै गएको बताए । पहिले सडक कमजोर हुँदा ठुला गाडी नचल्ने गरेकामा अहिले ठुला–ठुला बस पनि बजार क्षेत्रबाट चल्ने गरेको र गाउँबाट दिनदिनै मान्छे बजार झर्न थालेकाले चहलपहल बढिरहेको उनको भनाइ थियो ।

स्थानीय सरकार आएपछि बजार क्षेत्रमा ठूलो परिवर्तन भएको छ। पहिले खानेपानी अभाव हुने गरेको सडक अव्यवस्थित हुँदा स्थानीयवासीले समस्या भोग्नु परेकामा अहिले सबै समस्या समाधान हुँदै गएको छ ।

‘नगरपालिका बनेपछि बजारमा धेरै सुधार भएको छ, पहिला कच्ची सडक थियो, गाडी गुड्दा धुलोले पसल नै ढाक्ने गर्थ्यो, ढल व्यवस्थापन भएको थिएन’, चालिसेले भने, ‘अहिले त्यो समस्या सबै हटेको छ, बजार पनि राम्रो बन्दै गएको छ, सडक पनि फराकिलो र धुलो नउड्ने भएका छन्, अहिले व्यापार अलि कम हुन थालेको छ, पहिले गाउँमा गाडीका गाडी सामान लैजान्थे अहिले सामान लैजाने सबै बजार झरे त्यहीँ भएर व्यापार घटेको हो ।’

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पछिल्लो एक दशकयता कुश्मिसेरा बजार निकै परिवर्तन भएको बताए । उनले दिनदिनै बजार विस्तार भइरहेकाले यसलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको बताए । बजार क्षेत्रको सुरक्षाका लागि सिसी क्यामराको व्यवस्था, सडक बत्ती जडान, बजार क्षेत्रमा अव्यवस्थित तारको व्यवस्थापन र घर बनाउन मापदण्डसमेत बनाइएको उपप्रमुख शर्माको भनाइ छ ।