२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुर्रा राँगो ल्याउने कुरा मेरो पालामा भएको हो : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतबाट मुर्रा राँगो ल्याउने कुरा आफ्नो पालामा भएको बताएका छन् ।

प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा ओलीले सबै कुरा आफ्नै कार्यकालमा भएको र त्यसमा सरकार आड लागेको बताएका हुन् ।

विगतमा आफ्नो कार्यकालमा नश्‍न सुधारका लागि राँगो ल्याउन कुरा भएको र यस पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा ल्याउने मात्रै काम भएको ओलीले बताए ।

उनले भने, ‘पाइपलाइन सुरु त त्यसै बेलै भएको रहेछ । सीमामा संयुक्त जाँच चौकी पहिले नै भएको रहेछ । सिलिगुढी चारआली पेट्रोलियम पाइपलाइन पहिले नै भएको रहेछ । हुँदाहुँदै राँगो ल्याउँदाका कुरा अलिकति आलोचित भएपछि पाँच वर्ष अगाडि को प्रधानमन्त्री थियो उसैका पालमा कुरा चलाएको रहेछ, अहिले त गएको हातमा दाम्लो मात्रै थमाइदिएका हुन् भन्नुभयो । आड त हाम्रै लिनुपर्ने रहेछ । राँगैको कुरा पनि केपी ‌ओलीले नै गरेको रहेछ गर्नचाहिँ । नस्ल सुधारको कुरा पनि केपी ओलीले गरेको रहेछ । फर्टिलाइजरको कुरा केपी ओलीले गरेको रहेछ, पाइपलाइनको कुरा केपी ओलीले गरेको रहेछ । रेलको कुरा केपी ओलीले गरेको रहेछ । हिजो जुन(जुन मजाकको विषय बनाइएका थिए, हिजो छ्यापेका हिलो पुछ्दापुछ्दै सफा गर्दै त्यै बाटोमा हिँड्नुपरेको रहेछ नि त ।’