११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली भुटानी शरणार्थी प्रकरण : डा. राईसहित थप तीन अभियुक्त पक्षको बहस आज हुने

अ+ अ-

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणका पक्राउ परेका मध्ये डा.इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको थुनछेक बहस आजबाट हुँदैछ ।

जिल्ला अदालत काठमाडौँका अनुसार डा. राईसहित सन्देश शर्मा र सागर राईको पक्षबाट आज बहस हुनेछ । बुधवार बाँकी रहेको हुँदा अर्का अभियुक्त सानु भण्डारीको बहस पनि आजै हुनेछ । केशव दुलाल र टंक गुरुङ पक्षको बहस भने बुधवार नै सकिएको छ । प्रतिवादी पक्षबाट बहस बुधवारदेखि जारी छ ।

बहसमा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल, विनोद शर्मा लगायतका अधिवक्ता सहभागी हुनेछन् । अदालतका अनुसार उनीहरू विरुद्धको बहस आजै सकिने छ । शुक्रवार भने पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे लगायत प्रतिवादी पक्षबाट बहस हुनेछ ।

बहस गत २१ जेठदेखि जिल्ला न्यालधिस प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी छ । जाहेरीकर्ता पक्षको बहस मंगलवार नै पुरा भएको छ । पूर्व गृहमन्त्री खाँणले बहसका निम्ति पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् ।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री रायमाझीले पनि थुनछेक बहसमा ‘हाई प्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्याधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।

पूर्व गृह सचिव पाण्डेले पनि बहसका निम्ति ‘हाई प्रोफाइल’ अधिवक्तालाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्व एसएसपी हुन् । डा. राईको पक्षबाट भने वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस