९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्न माग

अ+ अ-

काठमाडौँ । भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा सांसदले आपत्ति जनाएका छन् । 

भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति सांसद प्रेम सुवालले आपत्ति जनाएका हुन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद सुवालले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति दिएको बताए । कूटनीतिक मर्यादाबाहिर गएर राजदूत शर्माले अभिव्यक्ति दिएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले फिर्ता बोलाउन माग गरेका हुन् ।

‘भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन (ऋण) दिन्छ, सर्त पनि राम्रो छैन, ‘डेब्ट ट्र्याप मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीति विपरीत बोल्नुभयो,’सुवालले भने, ‘तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्‍यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अघि असंलग्नताभन्दा अगाडि बढेर बोलिरहेको छ ।’

राजदूत शर्माको अभिव्यक्तिलाई लिएर सरकारले अहिलेसम्म कुनै कदम नचालेको सुवालको भनाइ थियो । ‘सरकार के हेरिरहेको छ ? कस्तो परराष्ट्रमन्त्री ? परराष्ट्रमन्त्रीलाई कसले सुझाव दियो ?, उनले भने । सरकारले यसरी राजदूतलाई छुट दिन नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस