२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद अवरुद्धबारे सत्ता गठबन्धन बैठकले गर्‍यो यस्ता तीन निर्णय

अ+ अ-

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले कोशीमा नेपाली काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आजै सकिँदैछ।

सत्ता गठबन्धनको बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन काँग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो।

सत्ता गठबन्धनको बैठकले मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको छ।

बुधबार संसदमा टेबल हुन नसकेपछि मिटरब्याजी सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ।

सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफको मौका नै नदिई राजीनामा माग्दै संसद् बैठक अवरुद्ध गर्नु संसदीय मान्यता, मूल्यविपरीत रहेको निष्कर्ष निकालेको छ।

गत असार १८ गते पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको बताएपछि प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको थियो।

बिहीबार संघीय संसद्को दुवै सदनमा उसले राजीनामा मागेर अवरुद्ध गर्‍यो। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत साथ दिएको थियो।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे सहभागी थिए।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, काँग्रेस उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देव गुरुङ र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा थिए।