काठमाडौँ । । भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दामा भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र ट्याङकर चालकलाई दोषी ठहर गर्दै २० लाख रुपैयाँ बढी जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
उक्त मुद्दामा पेट्रोल ढुवानीकर्ता एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठलाई भने सफाइ दिएको छ ।
आयल निगमको भलबारी डिपोलाई दोषी ठहर गरी जरिवाना तिराउने निर्णय भएको पहिलो घटना भएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेसनमार्फत भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर नेपाल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको पेट्रोल बोकेको ट्याङ्करलाई प्रहरीले ८ वैशाखमा भन्सारमा नियन्त्रणमा लिई नापजाँच गर्दा निगमले तोकेको भन्दा बढी परिमाण पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको थियो ।







