काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । भोलि सिरहाको धनगढीमाई नगरपालिका-१४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभागले जनाएको छ ।
निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरिएको पार्टीले जनाएको छ । अर्को बैठकको मिति चाँडै तय गर्ने बताइएको छ ।
मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।







