११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?

अ+ अ-

काठमाडौँ । यो तस्बीर हेर्दा के देख्नुहुन्छ ? तस्बीरमा महासागरबाट अचानक निस्केको ठूलो र दरलाग्दो अनुहार देखिएको छ ।

तर तपाईँले साँच्चै के हेर्दै हुनुहुन्छ, त्यो एउटा ‘स्टारगेजर माछा’ हो, जुन भूमध्यसागरको बलौटे भुइँमा देखिएको छ ।

यो तस्बीर इटालीका पियट्रो फोर्मिसले खिचेका हुन् र यो वर्षको ‘वाइल्डलाइफ फोटोग्रगाफर अफ द इयर’मा धेरैले प्रशंसा गरेका थिए । फोर्मिसका अनुसार सामान्यतया यस्तो तस्बीर प्रतिस्पर्धाका लागि खिचिदैन । उनले यो तस्बीर प्रतिस्पर्धाका लागि किन पठाए भने उनलाई यो धेरै मन प¥यो । तर कुनै प्रशंसा पाउने आशा गरिएको थिएन ।

‘म धेरै खुसी छु, त्यो समारोह आउने दिनहरू गन्दैछु । मलाई लाग्छ, मेरो सबैभन्दा महत्वपूर्ण समय देख्दैछु, म साथीहरूलाई भन्नेछु, उनीहरू मेरा नायक हुन् र फोटोग्राफीको शीर्ष स्थानमा रहन्छन् । म धेरै खुशी छु र यसलाई वर्णन गर्न सक्दिन ।’

‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको समग्र विजेताहरूको घोषणा आगामी अक्टोबर १० मा हुने पुरस्कार समारोहमा गरिनेछ । प्रतियोगितामा वर्षभर प्रवेश गरेका हजारौंबाट छनोट गरिएका १०० तस्बीरहरू आगामी अक्टोबर १३, शुक्रबार प्राकृतिक इतिहास सङ्ग्राहलयमा प्रदर्शनी गरिनेछ र त्यस पछि विश्वभर लगिनेछ ।

‘एट्लान्टिक स्टारगेजर’ माछा, जसको ल्याटिन नाम ‘युरानेस्कोषमा स्क्वाबर’ हो किनभने तिनीहरूका आँखा माथितिर टाँसिएको हुन्छ । तिनीहरू पनि सिकारीहरू हुन् । शिकार समात्न तिनीहरू आँखा र मुख मत्रा देखिनेगरी बालुवा मुनि लुकेर बस्छन् । जुन फोर्मिसको फोटोमा देख्न सकिन्छ ।

फोर्मिसले भने, ‘यो भूडू मास्क वा मानव अनुहार जस्तो देखिन्छ र ती प्रजातिहरू जुन मलाई धेरै मनपर्छ, ठूला आँखा र मुख भएका ती प्रजातिहरूको अनुहार मनवको जस्तै देखिन्छ । यो सुन्दर जनावर हो ।’

फ्ल्यासमा केन्द्रित प्रकाश, ढिलो शटरस्पीड प्रयोग गरेर नीलो पानीमा ‘स्टारगजर’को तस्बीर लिन सफल भएको वर्णय गर्दै फोर्मिसले भने । ‘मेरो लागि यो झरना जस्तै हो, त्यसपछि तपाईँ पछाडिबाट यो डरलाग्दो अनुहार देख्नुहुन्छ । मैले केही फरक तस्बीरहरू लिएँ, तर मलाई यो मनपर्छ,’ उनले भने ।

फोर्मिसका बुबा फोटोग्राफर हुन् । बुबाले उनलाई डाइभिङमा लगेर गए । त्यसपछि उनको जीवन परिवर्तन भयो । त्यसपछि पानी मुनिको फोटोग्राफीमा फार्मिस लगभग पागल बन्न पुगे । उनले भने, ‘पानीमा जानु र सुन्दरताको तस्बीर लिनुलाई म विशेषाधिकार प्राप्त गरे जस्तै महसुस गर्छु ।’

प्रतिक्रिया दिनुहोस