२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त गरिने

अ+ अ-

काठमाडौँ । शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ ।

बुधबार संसद्मा‌ दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ

विधेयकको व्यवस्थाअनुसार समय पालना नगरे, आदेश पालना नगरे, पदीय मर्यादा पालना नभए, पठनपाठनमा लापरबाही गरे स्थानीय तहले शिक्षकलाई चेतावनी दिन सक्नेछ । चेतावनी दिँदासमेत सुधार नभए नसिहत दिन सक्ने व्यवस्था गरिएको छ ।

अनुशासनहीन काम भए, अध्यापन कार्य जिम्मेवारीपूर्वक नगरे, निर्देशन पालना नगरे, अध्यापनमा ढिलासुस्ती र लापरबाही गरेमा ५ वर्षसम्म तलब वृद्धि रोक्का र बढुवा रोक्का गर्न सकिने व्यवस्था गरिएको छ ।

विद्यार्थीलाई शारीरिक वा मानसिकरुपमा दुर्व्यवहार गरेसमेत सोही कारबाही हुने विधेयकमा उल्लेख छ ।

बिनास्वीकृत १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा पनि बढुवा र तलब वृद्धि रोक्का गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ ।