२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवराज विकसहित सोती घटनामा मारिएका ६ युवाका परिवार काठमाडौँमा, आज धन्यवाद र्‍याली

अ+ अ-

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा मारिएका जाजरकोटका नवराज विकसहित छ जना युवाका आफन्त काठमाडौँ आइपुगेका छन् ।

साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको १९ मंसिरको फैसलाले न्याय पाएको भन्दै पीडितका आफन्त मुद्धामा न्याय दिने न्यायालय, न्यायाधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौँ आएका हुन् ।

उनीहरूले शुक्रबार काठमाडौँमा धन्यवाद र्‍याली निकाल्दैछन् । बिहीबार राष्ट्रिय दलित आयोग पुगेका उनीहरूलाई आयोगले दलित अधिकारकर्मीहरूसमेतको उपस्थितिमा स्वागत गरेको थियो । जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय सामाजिक अपराधको घटनामा अहिलेसम्मकै महत्त्वपूर्ण न्यायिक फैसला आएको भन्दै दलित अगुवा र अधिकारकर्मीहरूले समेत धन्यवाद र्‍यालीमा सहभागिता जनाउनेछन् ।

शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपर्छि र्‍याली लिएर शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गर्ने कार्यक्रम रहेको दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताए । उनका अनुसार र्‍यालीका लागि नवराज विकका बुवा मुनलाल नेपालीसहित आफन्तहरू र्‍यालीका लागि काठमाडौं आएका छन् ।

मुद्धामा थुनछेक बहस सकिएपछि पनि घटनामा मारिएका छ युवाका आमाहरूले काठमाडौँको माइतीघरमा आएर न्याय माग्दै विरोध प्रदर्शन गरेका थिए । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको हत्या भएको मुद्धामा १९ मंसिरमा अदालतले घटनामा संलग्न भएका २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र २ जनालाई जातीय छुवाछूत कसुरमा २ वर्ष कैद सजाय सुनाएपछि पीडितका आफन्तले अदालतमा फुल चढाएका थिए ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए । त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो। उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो। घटनामा अरू १२ जना घाइते भएका थिए।

घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो। त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो। आरोपित ८ जनाले भने सफाई पाएका छन्।