८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवास भण्डारीको पाँच विकेटका बावजुद नेपाल बंगलादेशसँग पराजित 

अ+ अ-

काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाललाई बंगलादेशले पाँच विकेटले पराजित गरेको हो। 

नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमा पूरा गर्‍यो। बंगलादेशका लागि जिशान अलामले ५५ रन र अरिफुल इस्लामले नटआउट ५९ रन जोडे। 

बलिङमा नेपालका सुवास भण्डारीले पाँच विकेट लिए। उनले ८ ओभरमा ४४ रन खर्चिए। 

त्यसअघि दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो।

बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके।  ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे।

खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ‌ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो।

ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए। लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे।

त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए। 

देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३(३ रनमा आउट भएका थिए। यस्तै आकास चन्द पनि शून्यमै पेभिलियन फर्के। अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे। नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको  रुपमा आउट हुनुअघि ९ रन बनाए।

बलिङमा बंगलादेशका  रोहानत बोर्सनले ४ विकेट लिए। उनले ८।५ ओभरमा २ मेडन राख्दा १९ रन मात्र दिए। शेख जीवनले ३ विकेट लिए। शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए। 

प्रतिक्रिया दिनुहोस