२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णायक खेलमा क्यानडासँग नेपालको ‘ए’ टोली चार विकेटले पराजित

अ+ अ-

काठमाडौँ । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एक दिवसीय प्रतियोगितामा बिहीबार क्यानडा-११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २-१ ले आफ्नो पक्षमा पारेको छ ।

पहिलो एक दिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे । उनले ७९ बलको सामना गरी ६ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि ४२ रनको योगदान गरे । उनले ३१ बलमा चार छक्का र दुई चौका हिर्काए ।

नवनित धालिवालले पनि टोलीको खातामा ३८ रन थपे । उनले ४५ बलमा एक छक्का र चार चौका पनि प्रहार गरे । निखिल दत्त १४ रन बनाउँदै आउट भए भने दिलप्रित बाजवा ११ रनमा पेभेलियन फर्किए ।

क्यानडाले अतिरिक्त रूपमा केवल ६ रन पाएको थियो । नेपाली टोलीका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएका थिए । शेर मल्ल र बसिर अहमदले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । आशुतोषले २८ रन बनाए । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए । अर्जुनले पनि टोलीको खातामा २७ रन थपे । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।

कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल भने खाता खोल्नुअघि नै आउट भए ।

रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गरे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे ।

प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन जोडे । हेमन्त धामीले ६ रन बनाए । नेपालले अतिरिक्त रूपमा १२ रन पायो । क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले पनि एक-एक विकेट हात पारे ।

यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृङ्खलामा नेपाल ३-० ले विजयी भएको थियो ।