२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकका प्रतिनिधिसँगै ठूला सहकारीको अनुगमनमा निस्कियो विभाग

अ+ अ-

काठमाडौँ । सहकारी विभागले नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूसँग मिलेर आजदेखि ठूला सहकारी संस्थाहरूको अनुगमन सुरु गरेको छ ।

विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा तीनवटा समूहले अनुगमन सुरु गरेको हो ।

समस्यामा परेका र सञ्चालनमा रहेका करिब १ दर्जन सहकारी संस्थाहरूको सो टोलीले अनुगमन गर्नेछ । सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, लघुवित्त विभागका रमेश पौडेल र गैरबैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई रहेका छन् ।

विभागका अनुसार आज काठमाडौँ उपत्यकामा भएका सहकारी संस्थाहरूको अनुगमन हुनेछ र भोलिबाट उपत्यका बाहिर रहेका सहकारी संस्थाहरूको समेत अनुगमन हुनेछ ।

उक्त टोलीले गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतम श्री बहुउद्देश्यीय, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लगायतको अनुगमन गर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि सहयोग गर्न भन्दै केही समय अघि राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

तर राष्ट्र बैंकले आफूले छुट्टै अनुगमन गर्ने नभई प्रतिनिधि पठाएर सहयोग गर्ने बताएको थियो । सहकारी संस्थाहरूमा समस्या देखिन थालेपछि ठुला सहकारीको अनुगमनको जिम्मा पनि केन्द्रिय बैंकले नै लिनुपर्ने आवाज उठ्दै आएको छ । तर बैंकका अधिकारीहरू भने राष्ट्र बैंक ऐनले सहकारी नचिन्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार : राष्ट्र बैंकका प्रतिनिधि सहित सहकारी अनुगमन गर्ने तयारी