चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजबुत बनाउन भन्दै आजदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ ।
एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरूलाई डेढ महिने कार्य योजनासहित माइन्यूट हस्तान्तरण गरे । पालिका अध्यक्षहरूले हरेक वडा वडामा योजनाबद्ध कार्यक्रमहरूसहितका माइन्यूटस लैजानेछन् ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले वडाको सम्पूर्ण लगतसहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताए ।







