काठमाडौँ । लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ ।
बिहीबार सत्तासाझेदार दलहरूले नयाँ सरकार गठनका लागि साझा ढंगले अघि बढ्न सहमत भएका हुन् ।
सहमति पत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।







