७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमा उपराष्ट्रपति मोहम्मद मोखबर कार्यवाहक राष्ट्रपति नियुक्त

अ+ अ-

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनपछि उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार सम्हाल्ने भएका छन । रायसीको निधनपछि देशको पहिलो उपराष्ट्रपति मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

इरानको संविधानले मोखबरको अन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता आयातोल्लाह खामेनीलाई अधिकार सुम्पिएको छ । सर्वोच्च नेता खामेनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुन्।

इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा निधन भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । इरानको संविधानले राष्ट्रपतिको निधन भएको वा स्वास्थ्य अवस्था अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ ।

आज बिहान इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो । हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर पूरै जलेको अवस्थामा बिहान फेला परेको हो । हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपतिलगायत सबै जनाको निधन भएको इरानको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस