काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उनले बताए।
साथै आउँदो शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कार्यसम्पादन समितिमा कुराकानी हुनेछ।






