काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिषा नेपालीले संसदको सर्वोच्चता कसको हितमा प्रयोग भइरहेको छ भनेर सरकारलाई प्रश्न गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘म सरकारलाई सोध्न चाहन्छु, ‘सार्वभौम संसदको सर्वोच्चता, प्रशासन कसको हितमा प्रयोग हुँदैछ ? आम जनताको, बिचौलियाको या सीमित नेता र व्यापारीको ?’
समाजमा विभिन्न खालका विभेदहरू कायमै रहेको उल्लेख गर्दै उनले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।







