काठमाडौँ । आज सुनको भाउ स्थिर छ । आज पनि अघिल्लो दिनकै मूल्य अर्थात सुनको भाउ १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ ।