काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ ।