२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी र रास्वपाले भने-भ्रष्टाचारका फाइल खुलेपछि सरकार ढल्यो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकार स्वाभाविक रूपमा परिवर्तन हुन नलागेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य र विशेष समयमा बोल्ने दुवै दलका सांसदहरूले भ्रष्टाचारका फाइलहरू अगाडि बढ्न थालेपछि सरकार ढल्न पुगेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री र गृहमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरण फेरि खोल्ने भनेर अगाडि बढ्नुभयो । अर्कोतिर, बेचन झाका प्रमाणहरू आएपछि बेचैनी हुँदै डुंगा प्वाल परेको देख्नुभयो,’ माधव सापकोटाले भने ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको डुंगामा प्वाल परेको भन्दै ख्याल गर्न सुझाएका थिए ।

त्यसको सांकेतिक रूपमा जवाफ दिँदै माओवादी सांसद सापकोटाले भने, ‘५० को दशकमा तपाईँहरू नै भन्नुहुन्थ्यो कमल थापाहरूलाई डुंगा प्वाल परेर भाग्ने मुसा । डुंगा प्वाल पर्ने बित्तिकै मुसाहरू भाग्छन् । बहादुरले सामना गर्छन् । साहसीहरूले सामना गर्ने हो ।’

सापकोटाले माओवादीलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिँदै उनले गिरीबन्धु टी इस्टेटको विषय पनि थपे । उनी प्रश्न गर्छन्, ‘‘गिरीबन्धुको कालो धब्बाले धपक्कै छोपिएर बेचन झाले बेचैन बनाएर भागदौडमा चलेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने ?’

रास्वपाका सांसद गणेश पराजुलीले वर्षाको समयमा जिम्मेवार हुनुपर्ने राजनीतिक दलहरू भ्रष्टाचारको फाइल खुल्ने डरले सरकार परिवर्तनमा लागेको टिप्पणी गरे ।

‘सबैभन्दा अचम्म र लाजमर्दो विषय त यस्तो विपद् र वर्षाको समयमा जिम्मेवार भनेका राजनीतिक दलहरू व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरुद्धको कारबाहीको डरका कारण सरकार समीकरण फेरबदलमा लागेका छन्,’ सांसद पराजुलीले भने ।

विपद्को समयमा राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्नुपर्नेमा त्यस विपरीत ठूला दलहरू अगाडि बढेको उल्लेख गर्दै उनले थपे, ‘।। सरकार परिवर्तन केवल आफू र आफ्नाहरूलाई भ्रष्टाचार विरुद्धको कारबाहीबाट बचाउन बाहेक अरू कुनै स्वार्थमा भएको छैन । वाह १ सम्मानित नेताज्यूहरू ।’

प्रतिपक्षमा रहँदा काँग्रेसका नेताहरूले गिरीबन्धुका फाइल खोलियोस् भनेको पनि उनले बताए । साथै, २०४७ सालयताका सबै भ्रष्टाचारका फाइल खोल्नुपर्छ भनेर सदनमा प्रस्तावसमेत दर्ता भएको बताए । उल्टै यस्तो कार्य रोक्न ठूला दलहरू मिलेको उनको आशंका छ ।

‘असार १५ कै नाममा होस् । बुढानीलकण्ठबाट बालकोटसम्मको यात्रा तय हुँदै गर्दा तमाम नेपाली जनताले त्यसलाई नजिकबाट नियालेका र अनुभूति गरेका छन् । भ्रष्टाचारविरुद्ध भाषण गर्नुहुन्छ । नेपाली जनताको समृद्धिको बारेमा यहाँहरूले सशक्त बोल्नुहुन्छ । तर, यहाँहरूको व्यवहारले प्रस्टसँग देखाएको छ, पराजुलीले भने ।’ असार १५ मा दुई ठूला दलका शीर्ष नेताका बीचमा भेट हुने अवस्था भ्रष्टाचार सम्बन्धी फाइलकै कारणले भएको उनको जिकिर छ ।

पराजुलीले भने, ‘असार १५ ले एउटा यस्तो अवस्था जुराइदियो कि प्रतिपक्षमा रहँदा गिरीबन्धुको फाइल खोलौँ भन्नेहरू, नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको कारबाही प्रक्रिया अगाडि बढाउने बित्तिकै अब हामी कोही बच्दैन रहेछौँ है । गृह मन्त्रालय एक्सनमा उत्रिएको रहेछ । अब बचिँदैन होला भन्ने डरले निकै कडा रूपमा त्यो डेरा जमाएको महसुस भएको छ ।’