काठमाडौँ। शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ ।
यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो । यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।