काठमाडौँ । विद्युत् अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत् अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विद्युत् अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएको थियो ।
८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।