२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा आज एमाले नेतृत्वमा नयाँ सरकार बन्दै

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । एमाले–कांग्रेसको सत्ता गठबन्धन बनेसँगै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि आइतबार राती नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

मुख्यमन्त्री महराले आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री महराले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुलाएका हुन् ।

सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुने भएको छ । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो चरणमै सरकारलाई पूर्णता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।

लुम्बिनीमा कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बताएका छन् । उनले भने, ‘दलको नेता स्वयम हुँदाहुँदै बैठक बसेर निर्णय गरिरहनुपर्दैन । एमालेको तर्फबाट मुख्यमन्त्रीमा दल नेता नै मुख्यमन्त्रीको उम्मेदवार हो ।’

तर, एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले पार्टी केन्द्रको निर्णय केही नआएकाले एमालेबाट नेतृत्वको टुंगो नलागेको बताएका छन् । राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्पसहित नयाँ सरकार बन्ने एमाले संसदीय दलका नेता लीला गिरीको भनाइ छ ।

८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज छ । प्रदेश गठन भएदेखि सधैँ सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलोपटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ ।

लुम्बिनीमा १० दलमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै दल नयाँ गठबन्धनमा रहने बताइसकेका छन् ।