काठमाडौँ । नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन-दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ ।
व्यवसायी रोननकाजी तुलाधर नेपालले आठौँ चीन-दक्षिण एशिया एक्स्पोमा सहभागी हुने बताए। चिनियाँ बजारमा हरेक वर्ष नयाँ नेपाली उत्पादनसहित सहभागी बन्न चाहने बताए ।
आठौँ चीन-दक्षिण एशिया एक्स्पोमा करिब दुई हजार कम्पनीले दर्ता गरेका छन् ।
झन्डै आधा विदेशी उद्यमहरू छन् । जसले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरूको प्रतिनिधित्व गर्दछ ।







