काठमाडौँ । शुक्रवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार रु. ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच महासंघले चाँदीका मूल्य शुक्रवार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ ।