२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियमित अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।

उपत्यकामा बिहीबार रातिदेखि नियमित झरी र समय समयमा भारी वर्षा भइरहेकोले सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

महानगरले सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भई रहेकोले काठमाडौँका नदीहरूमा पानीको प्रवाह उच्च भएको छ । यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।’ नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजानसमेत सचेत गराएको छ । ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ । पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ,’ सूचनामा भनिएको छ, ‘सवारी प्रवेश नगराऔँ, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ ।’

महानगरपालिकाले जलजन्य विपद् (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल सम्पर्क गर्न पनि भनेको छ ।