२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रुम्सी गाउँ : नमूना ठाउँ’ घोषणा

अ+ अ-

दमौली (तनहुँ) । ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आम्दानी बढाउने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ स्थित रम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको छ । व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस ठाउँलाई नमूना ठाउँ बनाउनेगरी कार्यक्रम अगाडि बढाएको हो । 

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत रुम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। यस ठाउँलाई नमूना बस्तीका रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षण गरिने न्यौपानेले बताए । उनले भने, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो ।”

यसका लागि गण्डकी प्रदेश सरकारले रु ६५ लाख सहयोग गरेको छ भने नगरपालिकाले रु ३५ लाख लागत साझेदारी गरेको नगरप्रमुख न्यौपानेले बताए। उनले भने, “ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित नवप्रवर्तनीय साझेदारी कार्यक्रम रुम्सीका एक सय नौ घरमा सञ्चालन गरिएको छ । सोही परियोजनाअन्तर्गत होमस्टे पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २८ घरमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।”

रुम्सी गाउँलाई संस्कृति, प्रकृति, सम्पदा र पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै न्यौपानेले भने, “दमौलीबाट रुम्सीसम्म सडक कालोपत्र गरिनेछ । सडक कालोपत्र भएपश्चात गाउँ र सहर जोडिनेछ ।”

दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा पुगिने रुम्सीका २८ घरधुरीमा होमस्टे सञ्चालन छ । यहाँ आउने पाहुनालाई अग्र्यानिक खाना, लोकल कुखुरा खुवाइने गरेको होमस्टे सञ्चालक सन्तोष थापाले बताए । उनले भने, “ग्रामीण परिवेश, पारिवारिक वातावरण, स्थानीय परिकार, मौलिक रहनसहन, यहाँको मुख्य आकर्षण हो ।”

वडाध्यक्ष काजिमान श्रेष्ठले पछिल्लो समय यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताए । उनले भने, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरूका लागि यो ठाउँ आनन्दित छ ।”