२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो– सरकारको बजार अनुगमन नागरिकले महसुस गर्न पाएनन्

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले गरेको बजार अनुगमन उपभोक्ता तथा नागरिकले महसुस गर्न नपाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपा केन्द्रीय उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशीघ्र र प्रभावकारी कदम चाल्न उद्योग मन्त्री दामोदर भण्डारीसहित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । नेपालीहरूको चाडपर्व नजिकिँदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको अनावश्यक सञ्चयगरी बजारमा कृत्रिम अभाव सृजना गरिएको, कालो बजारले प्रशय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्काउने प्रयास गरिएको भन्दै रास्वपाले ध्यानाकर्षण भएको जनाएको छ । 

मुल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेन्टीको प्रत्याभूति नगरिएको लगायतका व्यापक जनगुनासो प्राप्त हुन आएको भन्दै पराजुलीले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक हकको संरक्षण तथा संवर्द्धन गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उपभोक्तालाई प्रचलित कानून बमोजिमको प्राप्त हकको प्रचलनको सुनिश्चितताको, वस्तु तथा सेवाको सहज आपूर्ति, मूल्य, परिणाम, शुद्धता, गुणस्तर र मापदण्डको सुनिश्चितता मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अखाद्य तत्त्वको मिसावटको नियन्त्रण गर्ने विषयमा राज्यको उपस्थितिको आम उपभोक्ता तथा नागरिकले महसुस गर्न नपाएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।