काठमाडौँ । नेपाल टेलिकमलाई उछिन्दै विशाल बजार कम्पनी सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।
विशाल बजार कम्पनीको कुल पुँजीकरण (कुल सेयरको मूल्य) १ खर्ब ९८ अर्ब ४९ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि नेपाल टेलिकमको पुँजीकरण १ खर्ब ७७ अर्ब ८५ करोड ८० लाख रुपैयाँ छ ।
सरकारसँग भएको कम्पनीको संस्थापक सेयर बजारमा सूचीकरण भएको छ । ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकृत भएसँगै कम्पनीको आकार सबैभन्दा ठूलो भएको हो ।







