७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्लूटीओ महानिर्देशकमा डा. इवेला नियुक्त

अ+ अ-

काठमाडौँ। विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशक पदमा दोस्रो कार्यकालका लागि डा. एनगोजी ओकोन्जो इवेला नियुक्त भएकी छन् । उनलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन सबै सदस्यहरू सहमति भएपछि डब्लूटीओको विशेष जनरल मिटिङले उनको नियुक्ति गरेको हो । उनको दोस्रो कार्यकाल आगामी १ सेप्टेम्बर २०२५ मा सुरु हुनेछ ।

विश्व व्यापारको सर्वोच्च संस्थाको आगामी नेतृत्व छनोटका लागि आवेदन माग गरिएकोमा निर्धारित अवधि ८ नोभेम्बरसम्म इवेलाको मात्रै आवेदन परेको डब्लूटीओको जनरल काउन्सिलका अध्यक्ष तथा नर्वेका राजदूत पिटर ओल्बर्गले जानकारी गराएका थिए ।

नयाँ महानिर्देशक पदमा ओकोन्जोको एकल आवेदन परेकाले उनी नै सो पदमा नियुक्ति भएकी हुन् ।

उनको अहिलेको कार्यकाल अर्को वर्ष ३१ अगस्त २०२५ मा सकिँदै छ । सन् २०२१ मा सो पदमा नियुक्त भएकी उनी डब्लूटीओको इतिहासमा पहिलो महिला प्रमुख र पहिलो अफ्रिकन प्रमुख हुन् । नाइजेरियाकी अर्थशास्त्री उनले सन् २०१२ मा विश्व बैंकको अध्यक्षमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

आफूलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेकोमा उनले डब्लूटीओ जनरल काउन्सिल र सदस्यहरूलाई धन्यवाद दिएकी छन् ।

आफू अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलगायत सबै विश्व नेताहरूसँग सहकार्य गर्न तयार रहेको बताएकी छन् ।

‘विश्वको ८० प्रतिशत वस्तुको व्यापार डब्लूटीओको प्रावधानअनुरूप हुने गर्छ, यसलाई कसैले चुनौती दिन सकेको छैन,’ उनले भनेकी छन् ।

डब्लूटीओमा धनी र गरिब, ठूला र साना देशको आवाज समान रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस