२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को घोषणा : कसैको वैशाखी टेक्दैनौँ, नयाँ जनक्रान्तिका लागि अघि बढेँ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई अपमानित गर्नेहरू विरुद्ध लडाइँ लड्न अगाडि बढेको बताएका छन् ।

प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले नयाँ जनक्रान्तिको आवश्यकता रहेको दाबी गरे ।

‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौँ,’ प्रचण्डले भने । भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए ।

‘एउटा नयाँ क्रान्ति आवश्यक परेको छ । प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,’ गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने। साथै, उनले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने पनि जिकिर गरे ।

‘प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ । म त बाटो लागिसकेँ,’ प्रचण्डले भने, ‘मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ । माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाइँ लड्छौँ भनेर भनेको छु । म अगाडि बढिसकेँ, अहिले म यो भन्दा धेरै भन्दिनँ ।’