काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति भेटिएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना हराएको सूचनापछि खोजी कार्य थालिएको थियो ।
ललितपुरका एसएसपी शेखर खनालले प्रशासनलाई दिएको जानकारी अनुसार स्थानीयको सहयोगमा इन्स्पेक्टरको कमाण्डमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी थालिएको थियो ।
हराएका १० जना पुरुष र तीन जना महिला भेटिएको र उनीहरूलाई सम्बन्धित ठाउँमा ल्याउन अझै १ घण्टा लाग्ने एसएसपी खनालले बताए । उनीहरूको ठेगानासमेत खुलेको छैन ।







