काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयले नाम र स्थान परिवर्तनका लागि निवेदन दर्ता गराएकाले त्यसमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको हो ।








