१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा जनार्दन शर्माले भने-कमजोरले मात्रै विधि मान्छन्, शक्ति भएकाले पर्दैन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो संसद्‌मा हामी आफैँले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने ?,’ शर्माले भने, ‘विधि भनेको पावरले मान्ने कुरा होइन । निर्धाले मान्ने कुरा हो । जोसँग शक्ति र पावर हुन्छ उसले विधि मान्न पर्दैन ।’

आजकै संसद्‌मा देखिएका दृश्यका कारण आफूले अन्य विषयमा बोल्ने तयारी गरेको भए पनि संसद्कै विषयमा बोल्न आवश्यक रहेको बताए ।

‘यहाँका बहसहरू, आजको कारबाही हेर्दा मलाई संसद्कै बारेमा बोल्न मन लाग्यो । यहाँ विषय उठ्यो, समितिले पास गरेका कुराहरूलाई फेरि अर्कातिर भत्काइयो । प्रक्रिया, विधि मिचियो भनियो । समस्या आयो भनियो,’ शर्माले भने।

तर, जनताले कसरी हेरिरहेका छन् भन्ने विषयलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रा कुरा जनताले हेरिरहेका छन् । बरु आजका आवश्यकता हामीले कसरी उठान गर्ने, डेटाहरूको व्याख्या गर्ने कुरा हो,’ शर्माले भने ।

जनताले परिणाम हेर्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस