७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री डा.देउवाद्वारा स्पेन र स्लोभाकियाका विदेश मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेश मन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्र संघिय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनिहरुबीच आज साइडलाइन भेटवार्ता भएको हो । 

भेटमा मन्त्री डा. देउवाले युरोपियन युनियनका समेत विदेश तथा सहयोग मन्त्रीका रूपमा रहनुभएका म्यानुअलसँग युरोपियन युनियनको एक महत्त्वपूर्ण सदस्यका रूपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गरेकी थिइन् । सो भेटमा मन्त्री डा देउवाले नेपाललाई कोभिड-१९ तथा भूकम्पजस्ता अप्ठेरो समयमा पनि स्पेनले पुर्‍याएको सहायताका लाग धन्यवाद ज्ञापन गरिन् ।  

नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्न सक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गरिन् । मन्त्री डा. देउवाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि अपिल गरिन् ।  

मन्त्री डा. देउवाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्यमा  उम्मेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई पनि आग्रह गरिन् ।      

साथै उनले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर आगामी मे महिनामा नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेकाले त्यसमा सहभागिताका लागि स्पेनलाई पनि आमन्त्रण गरिन् । त्यस अवसरमा मन्त्री डा. देउवाले नेपालमा राजदूतावास स्थापना गर्न स्पेनलाई आग्रह पनि गरिन् । 

त्यसै गरी मन्त्री डा.देउवाले आजै स्लोभाकियाका विदेश मन्त्री जुरज ब्यानरसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यस क्रममा उनले नेपाल स्लोभाकियाबीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसंघमा दिएका उम्मेदवारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरूका बारेमा पनि कुराकानी गरेकी थिइन् ।

त्यसै गरी आजै मन्त्री डा. देउवासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार सम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस