११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माले भने-‘जनतामा आक्रोश छ, ०८४ पछि देउवा, ओली र ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिन गर्नको लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताएका छन्।

राज्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै तीनकुने घटनामा सरकारको जवाफ आउन बाँकी रहेको बताए।

उनले भने, ‘यत्रो घटना भएको छ, त्यसैले यसको छानबिन गर्नको लागि न्यायिक समिति आवश्यक छ। यो कसको उक्साहटमा भएको छ। राजनीतिक दलहरूले भन्ने टिप्पणी एउटा कुरा हो। सरकारले भन्ने कुरा एउटा हो। तर, न्यायिक समितिले त यसको उक्साहटको पछाडि को छ रु गलत ढंगले कसरी प्रयोग गरिरहेको छ। फिल्डमा कुन प्रकारको घटना भइरहेको छ। त्यसैले यो विषय भयो सकियो होइन गम्भीरतापूर्वक लिएर छानबिन अनुसन्धान गर्नुपर्छ।’

उनले तीनकुने घटनामा सरकारको पनि कमजोरी भएको बताए। उनले भने, ‘चार हजार मात्रै मानिस भएको भन्ने राज्यको बुझाइ हो। चार हजारको भिडलाई पनि राम्रो नियन्त्रण गर्न नसकेको देखिन्छ। त्यसमा पनि सरकारले पनि गम्भीर समीक्षा गर्नुपर्छ।’

उनले सरकार र नेतृत्वप्रति चर्को असन्तुष्टि रहे पनि विकल्प राजसंस्था नभएको बताए।

उनले थपे, ‘मैले त हाम्रो सभापतिलाई अब प्रधानमन्त्री बन्नुहुन्न भनिरहेको छु। ०८४ पछि तीन वटै नेताहरूले -देउवा, ओली र ‘प्रचण्ड’)ले नेतृत्व गर्ने होइन। उहाँहरुपछिकाले नेतृत्व गर्ने भन्ने दावा गरिरहेका छौँ नि तर राजालाई हामीले त्यसरी सक्दैनौँ। त्यसैले अहिले असन्तुष्टि, सरकारको कमजोरीको बारेमा पनि छलफल गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस