२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेले सत्ता सहयात्री हुनुको सामान्य शिष्टाचार पनि देखाएन’-विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्ता सहयात्री शक्ति हुनुको शिष्टाचार नेकपा एमालेले नदेखाएको बताएका छन् ।

बिहीबार बिहान बसेको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठकमा निधिले जनकपुरको प्रसंग उठाउँदै एमाले नेताहरूको व्यवहारबारे टिप्पणी गरेका हुन् ।

‘एमालेसँग सत्ता सहयात्राबारे कुराकानी भइरहेको छ । म मेरो जनकपुरको कुरा गर्छु’ निधिले भनेका थिए, ‘जनकपुरमा एमालेले सत्ता सहयात्री हुनुको सामान्य शिष्टाचार पनि देखाएको छैन ।’

काँग्रेसका पुराना नेता रामनारायण मिश्रको स्मृतिमा बनाउन लागिएको भवन निर्माणमा एमालेले अवरोध गरिरहेको निधिले बताएका थिए । मिश्रको सम्झनामा प्रदेश सरकारले भवन निर्माण कार्य अगाडि बढाएको छ ।

‘बीपी कोइरालाका पालाका नेताको सम्झनामा भवन बनाउने भनेर भूमि पुजन सकेर हामी फर्कियौँ । एमालेले त्यहाँ आएर तोडफोड गर्‍यो’, निधिले पार्टी नेतृत्वको ध्यान आकर्षित गराएका थिए ।

रामनारायण मिश्र जतिको नेताको स्मृतिमा भवन बनाउन रोक लगाइनु राजनीतिक सहिष्णुता समेत नभएको निधिको तर्क थियो ।