१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीलाई हराउँदै पोखरा पहिलो पटक एनएसएलको फाइनलमा

अ+ अ-

काठमाडौँ । खेलाडीमा सीमित पोखराले धनगढीलाई हराउँदै पहिलो पटक नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ। 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको खेलमा पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

स्टेफेन समिर बिनोङले नियमित समयमा थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै पोखरालाई फाइनल पुर्‍याएका हुन्। आयुष घलानको कर्नरमा स्टेफेन बिनोङले हेडरमार्फत गोल गरेका हुन्। खेलको १४औँ मिनेटमा धनगढी एफसीका अफिज ओलावाले अहमद हिजाजीको पासमा डिबक्सभित्रै पाएको मौकामा  निकै कमजोर प्रहार गर्दा धनगढीले सुरुवाती समयमा नै अग्रता बनाउने राम्रो मौका खेर फाल्यो।

पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा धनगढीका लागि अर्को एउटा राम्रो मौका गुम्यो। धनगढीका लागि दीपेश राईले हानेको प्रहार पोखराका गोलकिपर प्रिसोले पञ्च गरे। ६५औँ मिनेटमा सुदिल राई राईको क्रसका स्टेफेन समिर बिनोङको हेडर धनगढीका गोलकिपर वालेट बिरोउले गोल लाइनबाट पन्च गरेर बाहिर फालिदिए।

८४औँ मिनेटमा पोखरा थन्डर्स १० खेलाडीमा सीमित भयो। पोखराका गौरव श्रेष्ठ दोहोरो पहेँलो कार्डसहित रातो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिए। पोखरा थन्डर्सले फाइनलमा ललितपुर सिटी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

यससँगै धनगढी तेस्रो सिजनमा आएर पहिलो पटक फाइनलमा प्रवेश गर्न असफल भएको हो। यस अघिका दुई सिजनमा धनगढी उपविजेतामा सीमित रहेको थियो।

प्रतिक्रिया दिनुहोस