२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम राष्ट्रपति यादवले भने-‘चुरेदोहनले तराई मरुभूमि बन्दैछ’

अ+ अ-

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् ।

मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई समयमै संरक्षण गर्न नसके तराई-मधेशको जनजीवन अझै संकटग्रस्त बन्ने उनको भनाइ छ ।

भक्तपुरको ऐतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

गणतन्त्रवादी दलहरू आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने भन्दै उनले नागरिकमा बढ्दो असन्तोषलाई सम्बोधन गर्न सरकार तत्पर हुनुपर्ने पनि बताए ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने उनले उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले नभई नेपाली आफैँले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने भन्दै उनले आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने बताए ।

हरेक नागरिकले आफ्नो ठाउँ आफैँ बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सम्भव हुने स्पष्ट पारेका छन् ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा. यादवले पुरस्कार प्रदान गरेका छन् ।प्रथम राष्ट्रपति यादवले भने ‘चुरेदोहनले तराई मरुभूमि बन्दैछ’

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् ।

मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई समयमै संरक्षण गर्न नसके तराई-मधेशको जनजीवन अझै संकटग्रस्त बन्ने उनको भनाइ छ ।

भक्तपुरको ऐतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

गणतन्त्रवादी दलहरू आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने भन्दै उनले नागरिकमा बढ्दो असन्तोषलाई सम्बोधन गर्न सरकार तत्पर हुनुपर्ने पनि बताए ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने उनले उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले नभई नेपाली आफैँले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने भन्दै उनले आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने बताए ।

हरेक नागरिकले आफ्नो ठाउँ आफैँ बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सम्भव हुने स्पष्ट पारेका छन् ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा. यादवले पुरस्कार प्रदान गरेका छन् ।