२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसद्का चार समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। राज्य व्यवस्था तथा सुशासन समितिको ७६ औँ बैठक बिहान साढे आठ बजे बस्नेछ । बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै, बिहान साढे आठ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ। बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी रहने सम्मेलनबारे छलफल हुनेछ। उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ।

यस्तैगरी, सार्वजनिक लेखा समितिको ४३ औँ बैठक पनि आज बस्दै छ। बिहान १०:३० बजे बस्ने बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ७३ औँ बैठक आज बस्दै छ। बिहान ९ बजे बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।