काठमाडौँ । आइतबारदेखि स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश बम, रुपेश के सिंह, रिजन ढकाल र किरण ठगुन्ना रहेका छन् ।
चोटका कारण टोलीमा सोमपाल कामी र गुल्सन झा टिम बाहिर छन्।
सिरिज १५-२० जुन २०२५ सम्म स्कटल्याण्ड (डन्डी र ग्लासगो)मा आयोजना हुनेछ ।







