२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भटौली खोलामा कटानपछि मन्थली-पकरबास सडक अवरुद्ध

अ+ अ-

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुलको किनारमा खोलाले कटान गरेपछि सवारी आवागमन रोकिएको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेपछि शनिबार बिहानबाट आवागमन रोकिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खोलाको बहावले पुलको पकरबासपट्टिको भागमा हान्दा सडकको भाग खोक्रो बनेको छ । ‘हाललाई दुई पाङ्ग्रे सवारी चल्न दिए पनि ठुला सवारी साधन चल्न सक्ने अवस्था छैन’, वडाध्यक्ष पौडेलले भने ।

पुलको भाग खोलाले खोल्न लागेपछि मर्मतको काम सुरु भएको भए पनि शुक्रवार राति आएको बाढीले त्यो बगाइदिएको पौडेलले जानकारी दिए । तत्काल मर्मत नगर्ने हो भने पुल नै जोखिममा रहेको उनले बताए ।

खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको थियो । तर समयमा नै काम सुरु नहुँदा थप क्षति भएको छ । ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन, जति ढिला गर्‍यो त्यति धेरै क्षति हुने अवस्था छ’, उनले भने ।

भटौली खोलाको सो पक्की पुल रामेछापका तीन वटा गाउँपालिका जाने प्रमुख र काठमाडौं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ ।