२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी ऐनबाट स्वास्नी शब्द हटाइयो

अ+ अ-

काठमाडौँ । प्रहरी ऐन २०१२ संशोधन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको छ ।

(ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो । तर अहिले संशोधन गरेर ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ ।

यसअघि स्वास्नी मानिस उल्लेख गरिएकोमा आलोचना र गुनासो समेत हुँदै आएको थियो । त्यसैगरी ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) पनि संशोधन गरिएको छ । खण्ड (ख) मा रहेको क्षेत्रीय भन्ने शब्दको सट्टा प्रदेश भन्ने शब्द राखिएको छ ।

खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्नेछ र प्रत्येक अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन जना सदस्यहरू रहनेछन् र कारबाही पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहेन छैन’ भन्ने उल्लेख थियो । यही बुँदाको क्षेत्रीय भन्ने शब्दको ठाउँमा प्रदेश राखिएको हो ।